अत्तरियामा विद्युत कर्मचारी माथि खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ

अत्तरिया, कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारी माथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका- १ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका- १ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरेको हो ।

सोही घटनामा फागुन २६ गते गोदावरी ५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए ।

विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो ।

 

ताजा समाचार