प्रदेश अधिवेशनका लागि गोदावरीबाट एमालेका २१ जना प्रतिनिधि चयन

अत्तरिया,नेकपा एमाले सुदुरपश्चिम प्रदेश अधिबेशनमा सहभागी हुने प्रतिनिधि चयनको लागि भएको मतदानको मतगणना गोदावरीमा सकिएको छ । गणना पार्टी कार्यालय बनखेतमा सकिएको निर्बाचनका सहजकर्ता नगेन्द्र नाथ योगीले बताएका थिए ।

प्रदेश अधिबेशन प्रतिनिधिमा हरि सिँ साउँद ,गोकर्ण भट्ट ,बालकृष्ण प्रसाईं, खम्ब बुढा, गणेश जिमि साउँद, चक्र बोहरा,नर बहादुर रोकाया र राम प्रसाद चौधरी चयन भएका छन् । यस्तै युबामा रबिन्द्र रोक्का मगर चयन भएका हुन् ।

महिला तर्फ डम्मा खडका , बिष्णु माया बुढा, खेमा देबी साउँद, रत्ना कुँवर र गंगा कुमारी चौधरी बिजयी भएर प्रतिनिधि चयन भएका छन् ।वाजी कामी,रूपलाल बि।क,गणेश बि।सी,करी कामी ,दीपक नेपाली,हिरा बि।क र संगीता विश्वकर्मा चयन भएका थिए ।

मतगणना मतदान सकिएको २ दिनपछि भएको हो । मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भन्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो ।

उम्मेदवार दर्ता गराएर गोदावरीमा प्रक्रिया नमिलेको भन्दै एमाले भित्रै कै एक पक्ष निर्बाचनमा सहभागी भएको थिएन । असन्तुष्ट पक्षले पार्टी प्रदेश कार्यालय मा उजुरी दिएको थियो । मतदान मा ५ सय ७७ मत खसेको थियो । एमाले को सुदुरपश्चिम प्रदेश अधिबेशन असोज २१ र २२ गते हुँदैछ।

 

ताजा समाचार