गोदावरी नगर प्रमुख भट्टको तीन वर्षे कार्यकाल सन्तोषजनक

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको झण्डै तीन वर्षीय कार्यकाललाई स्थानीय बासिन्दाहरूले सन्तोषजनक महसुस गरेका छन्। जनताको प्रतिक्रियाहरू पक्ष र विपक्ष दुवै देखिए पनि उनका महत्वपूर्ण योजनाहरू दीर्घकालीन तथा जनमुखी रहेको धारणा प्रकट भएका छन् ।

नगर प्रमुख भट्टले हालसम्मको आफ्नो कार्यकालमा आधारभूत विकासका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेका छन्। उनका दीर्घकालीन योजनाहरूले नगरपालिकाको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

भट्टका अनुसार आगामी दुई वर्षभित्र जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने थप परियोजनाहरू कार्यान्वयनमा ल्याइने छ। निरन्तर जारी रहेका योजनाहरूले नगरवासीहरूको आवश्यकता पूर्ति गर्ने र नगरको विकासलाई थप गति दिने लक्ष्य रहेको उनले टाइगर न्यूजसँगको कुराकानीमा उल्लेख गरेका छन्।

स्थानीय बासीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, र रोजगारका क्षेत्रमा थप सुधारको अपेक्षा राखेका छन्। नगर प्रमुख भट्टले जनताका अपेक्षाहरू पूरा गर्न प्रतिबद्धता जनाउँदै बाँकी कार्यकाललाई सफल बनाउन निरन्तर प्रयास गरिने बताएका छन् ।

 

 

ताजा समाचार