नमुना मावि परिगाउँको पाँचाैं जीत: राष्ट्रपति रनिङ शिल्डमा ४२ पदकसहित विजयी

जोगबुढा, डडेल्धुराको परशुराम नगरपालिका वडा १२ मा रहेको रङ्गुन रंगशालामा मिति २०८१ पौष १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको पन्ध्रौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी नमुना माध्यमिक विद्यालय, परिगाउँले २७ स्वर्ण, १३ रजत र २ कांस्य पदकसहित लगातार पाँचौं पटक उपाधि जित्न सफल भएको छ।

नमुना माविका खेलाडीहरूले विभिन्न खेलकुद विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै कुल ४२ पदक प्राप्त गरे। यस उपलब्धिले विद्यालयको प्रतिष्ठा थप उचाईमा  पुर्‍याएको छन् । भित्री मधेशमा खेलकुदको एकछत्र राज गरेको प्रमाणित गरेको छ।

भुवनेश्वरी माध्यमिक विद्यालय यस प्रतियोगितामा प्रथम  स्थानमा रह्यो। यस विद्यालयले आफ्नो दक्ष नेतृत्व र खेलकुद क्षमताका आधारमा डडेल्धुराको शैक्षिक तथा खेलकुद क्षेत्रमा सशक्त पहिचान बनाइरहेको छ। विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थ्वालको कुशल नेतृत्व, व्यवस्थापन, र शिक्षामा ध्यान केन्द्रित गराउनुले संस्थालाई अझै माथि उठ्न मद्दत पुर्‍याएको छ।

यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयहरूले खेलकुदको महत्व र विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा ध्यान दिएको देखिएको छ। प्रतियोगिता अन्तर्गतका खेलहरूले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्य राखेको थियो।

प्रतियोगिताको समापन समारोहमा विजयी टोलीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्दै प्रतियोगितालाई थप स्तरीय बनाउन खेलाडीहरूको भूमिका र विद्यालयको सक्रियताका लागि प्रशंसा व्यक्त गरियो।

यस विजयी यात्राले नमुना माविलाई डडेल्धुरामा मात्र नभई राष्ट्रियस्तरमा पनि परिचित गराउने विश्वास अभिव्यक्त गरिएको नमुना माध्यमिक विद्यालयका प्र प्रधानाध्यापक थ्वालले बताए ।

 

 

ताजा समाचार