गोदावरी नगरपालिकाका नगर प्रहरीहरुको व्यवस्थापनप्रति व्यवसायीहरूको गुनासो

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा नगर प्रहरीको कार्यशैलीप्रति व्यापारीहरूको गुनासो चुलिएको छ। विशेष गरी सडकका विभिन्न भागमा अनधिकृत रूपमा भइरहेको व्यापार-व्यवसायलाई हटाउने नाममा गरिएको असंगठित व्यवस्थापनले स्थानीय व्यापारीहरूलाई समस्यामा पारिरहेको छ।

नगरपालिकाले फुटपाथ र सार्वजनिक स्थानको व्यवस्थापनका लागि नगर प्रहरी खटाए पनि, उनीहरूको उपस्थितिमा सडकमा अनधिकृत व्यापार मौलाएको व्यवसायीहरूको आरोप छ। लाखौँ रुपैयाँ तिरेर वैध रूपमा सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीहरूले फुटपाथ व्यापारीहरूको कारण आफूहरूको व्यवसाय मारमा परेको गुनासो गरेका छन्।

स्थानीय व्यवसायी राजु नाथ भन्छन्, “हामीले कर तिरेर सटर सञ्चालन गरेका छौँ। तर, सडकमा सामान राखेर व्यापार गर्नेहरूलाई नगर प्रहरी रोक्न सकेको देखिँदैन। उल्टै उनीहरूको मौन सहमति रहेको जस्तो लाग्छ।”

अर्का व्यापारी हेम भण्डारीका अनुसार, सटर व्यवसायीहरूलाई के समस्या आए तापनि व्यापारीहरूकै स्टोकमाल रहेका कारण आफ्नो पसल अगाडि बेचिराखेका छन्। उनीहरूले त्यही लुगा कपडाहरू बेचेका हुन् , तर जुन ठेला व्यवस्थापन भने हुन नसक्दा ठूलो समस्याको चुनौती सटर व्यवसायीहरूले भोकी राख्नुपर्ने उनकाे भनाइ थियो ।

नगर प्रहरीले कहिलेकाहीँ फुटपाथ खाली गराउने प्रयास गरे पनि, केही समयमै पुनः उस्तै अवस्था देखिन्छ”। तर, अहिलेको अवस्था हेर्दा नगर प्रहरीबाट व्यापार व्यवस्थापनमा कुनै सुधार आउने आशा गर्न सकिँदैन,” भण्डारीले भने।

नगरपालिकाको तर्फबाट भने यसबारे स्पष्ट धारणा सार्वजनिक गरिएको छैन। नगर प्रहरी प्रमुख सन्धु चौधरीले भने, “हामी सडक र सार्वजनिक स्थानहरूको व्यवस्थापनमा निरन्तर क्रियाशील छौँ। व्यवसायीहरूको गुनासोलाई पनि सम्बोधन गर्नेछौँ। तर, यो समस्यालाई समाधान गर्न चुनौतीपूर्ण रहेको समेत उनले बताए। आज शनिबार हो हाम्रो ड्युटी १२ बजेसम्म मात्र रहन्छ उनले बताउनुभएको थिए।

तर केही कुरा भए प्रशासन प्रशासनलाई सोध्नु भन्नुभएको थियो। दुखद कुरा सुन्न पाउँदा हामी पनि अचम्मित भए अहिले गोदावरी नगरपालिकाका खोलानालाहरू गिट्टी बालुवा उठाउने समय रहेको छ त्यो ठाउँमा उनीहरुले डट्टी हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दा उहाँले फोन काट्नुभएको थियो।

फुटपाथमा व्यापार गरिरहेका व्यापारीहरूले भने आफ्नो अवस्था मजबुरीको भएको बताउँछन्। “हामीसँग ठूलो लगानी गर्ने क्षमता छैन। यो व्यापारले हाम्रो परिवारको गुजारा चलिरहेको छ,” फुटपाथमा फलफूल बेचिरहेका रमित भट्टले बताए।

स्थानीय सरकार र व्यापारीहरूबीचको यो असमझदारीले गोदावरी नगरपालिकाको व्यापारिक वातावरणमा चुनौती खडा गरेको छ। दीर्घकालीन समाधानका लागि सबै पक्षहरूको साझा पहल आवश्यक देखिन्छ।

 

 

ताजा समाचार