अत्तरियामा बोगटी फेसन हाउसको शाखा सञ्चालनमा

अत्तरिया ,  कैलालीको अत्तरियामा रहेको बोगटी फेसन हाउसले शाखा सञ्चालनमा ल्याएको छ । अत्तरिया चौराहमै रहेको सुदूर सिटी सेन्टरको पहिलो सटरमा बोगटी फेसन हाउसको शाखा सञ्चालनमा आएको हो ।

अत्तरियाका व्यवसायी दाजुभाई रमेश बोगटी र राजेन्द्र बोगटीले व्यवसायको शाखा सञ्चालनमा ल्याएका हुन । बोगटी दाजुभाईले विगतदेखी नै उक्त व्यवसाय सञ्चालन गर्दै आएका छन । ग्राहकहरुको सहजताका लागि शाखा सञ्चालनमा ल्याईएको व्यवसायी रमेश बोगटीले बताए ।

 

उनले दशैतिहारमा ग्राहकहरुका आवश्यकता अनुसारका फेन्सी सामग्रीहरु सहज र सुपथ मुल्यमा प्रदान गर्ने आफुहरुको लक्ष्य रहेको बताए । उनका अनुसार शाखा सञ्चालनका लागि करिब ४५ लाख रुपैया लगानी लागेको छ ।

उनले फेसन हाउसमा जेन्स आईटमहरु मात्रै पाउन सकिने बताए । शाखाको बुधबार अत्तरियामा रहेको ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयकी सञ्चालीका ब्रम्हकुमारी रविनाले रिबन काटेर उद्घाटन गरेकी थिईन ।

 

 

ताजा समाचार