लागूऔषध कारोबारीको संजाल प्रदेशभरी पुगेको छः मन्त्री साउद

धनगढी , सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदले खुला सीमा लागूऔषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन्। शुक्रवार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको लागूऔषध तथा कार्यक्रममा बोल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बचाउन लागि परेको बताए।

लागूऔषधबाट युवालाई बचाउन सरकारमात्र नभएर समाजक‌ दायित्व भएको बताउदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताए। उनले घरबाटै लागूऔषध तथा कुलतबाट पनि जनाकारी गराउनु पर्नेमा जोड दिए।

‘लागूऔषध ओसारपसार तथा प्रयोगबाट युवा जनशक्तिलाई बचाउन डण्डा लगाएर वा जेल कोचेर मात्रै सम्भव छैन। सिंगो समाज एकजुट भएर लाग्नुपर्छ, त्यो घरबाटै सुरु गर्नुपर्छ’ मन्त्री साउदले भने। उनले भारतसँगको खुला सीमा भएका कारण प्रदेशमा लागूऔषध तथा दुव्र्यसन थप चुनौती बन्दै गएको बताए।

लागूऔषध ओसारपसारको जालो प्रदेशभर फैलिसकेको बताउँदै मन्त्रीले यसलाई रोक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अवस्था सिर्जना हुने बताए। उनले प्रदेश सरकारले पुनःस्थापन केन्द्र खोल्ने मन्त्रालयको योजना भएको समेत जानकारी दिए। कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी बिकले कुलतरहित समाज निर्माण नगरे देश नबन्ने बताइन्।

 

ताजा समाचार