सरकार र यातायात व्यवसायीबीच वार्ता हुने, समिति गठन

काठमाडौं, सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति बनाइएको छ । गृहमन्त्रालयमा गृहमन्त्री, मुख्यसचिव, यातायात मन्त्रालयका सचिवसँगको छलफलमा वार्ता टोली बनाएर थप छलफल गर्ने सहमति बनेको हो ।

सोही अनुसार भौतिक पूर्वाधारका सहसचिवको संयोजकत्वमा सरकारी वार्ता टोली बनाइएको छ । सरकारी समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि राखिएको छ । साथै यातायात व्यवसायी तथा मजदुर संगठनको तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा वार्ता टोली बनाइएको छ ।

attariya hospital

व्यवसायी र मजदुरको तर्फबाट सबै घटकका अध्यक्ष वार्ता टोलीमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए ।

उनका अनुसार अब केही बेरमा वार्ता सुरू हुनेछ । यातायात व्यसायीले आजदेखि विभिन्न ७ बुदे माग राखेर अनिश्चितकालीन यातायात बन्द गरेका छन ।

 

ताजा समाचार