अत्तरिया, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दुईदिने पूर्व लगानी तथा विकास सम्मेलनमा सहभागी हुन मंगलबार धनगढी आइपुगेकी छन्। धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री राणालाई स्वागत गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोजमा आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारीस्वरूप जेठ २० र २१ गतेसम्म पूर्व सम्मेलन आयोजना गरेको हो। सम्मेलनको उद्घाटन मन्तव्य मन्त्री राणाबाट हुने कार्यक्रम रहेको छ।
प्रदेश सरकारले आर्थिक रूपान्तरणको सम्भावना उजागर गर्दै दिगो विकास लक्ष्यसहित सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार, छिमेकी मुलुकहरू, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विदेशी लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता रहनेछ।









