अत्तरिया, सत्तारुढ दल नेकपा एमालेले सोमबार देशभर सचेतना जागरणसभा गर्दै छ। पार्टीले यसअघि नै निर्धारण गरेको कार्यक्रमअनुसार ७७ वटै जिल्लामा जागरणसभा आयोजना गर्न लागेको हो।
पूर्वराजाका समर्थकहरूले अवाञ्छित गतिविधि बढाएपछि एमालेले जागरणसभा गर्ने निर्णय गरेको थियो। कार्यक्रमअनुसार सोमबार दिउँसो २ बजे कैलालीको अत्तरिया चोकबाट मोटरसाइकल र्याली निकालिने छ। उक्त र्याली धनगढी पुगेर कोणसभामा परिणत हुनेछ।
प्रदेश इन्चार्ज लेखराज भट्ट, कैलाली इन्चार्ज नारदमुनि राना लगायतका नेताहरू र्यालीमा सहभागी हुने छन्। एमालेका अनुसार जागरणसभाले देशभर पार्टीको सशक्त उपस्थिति र संगठन विस्तारमा सघाउने विश्वास लिइएको छ।