अत्तरिया ,प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन् । विराटनगरमा यहि चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन् ।
दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका केन्द्रिय सदस्य थिए । सुदूरपश्चिमको ईन्चार्ज भईसकेपछि अब प्रदेशमा छत्यालले चौतारीलाई शसक्त रुपमा अगाढी बढाउने बिश्वास लिईएको छ ।
२०५६ सालदेखी चौतारीमा आवद्ध छत्याल २०६८ सालमा चौतारीबाट टिकट पाएर सुदूरपश्चिमबाट पत्रकार महासंघको केन्द्रिय चुनावमा सदस्यमा निर्वाचित भएका थिए । उनी चौतारीको दुई कार्यकाल केन्द्रिय सदस्य रहे । २०६४ सालमा पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन् ।
उनले कालापानि सन्देश साप्ताहिकबाट पत्रकारिता शुरु गरी नयाँ मुलुक दैनिकमा कार्यकारी सम्पादक बनेका थिए । डोटीमा २०५९ साल देखी २०६५ साल सम्म कान्तिपुरमा आवद्ध रहेका उनी दैनिक डटकममा ६ महिना मध्यपश्चिमको ब्युरो प्रमुख बनेर काम गरे । उनी नागरिक दैनिकमा स्थापना कालदेखी सम्वाददाता रहि हाल नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख रहेका छन् ।
बिभिन्न संघसंस्था र मिडियामा कार्यअनुभव बटुलिसकेका छत्यालले दर्जनौ पत्रकारिता पुरस्कार समेत प्रदान गरिसकेका छन् ।