अत्तरिया, कैलालीको अत्तरियामा रहेको हिमालयन लाइफ ईन्स्योरेन्स लिमिटेड अत्तरिया शाखाले सिआरएस सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सुप समावेशी विद्यालयमा भित्तेघडी हस्तान्तरण गरेका छन्।
हिमालयन लाइफ ईन्स्योरेन्स लिमिटेड अत्तरिया शाखाकाे आयोजनामा उक्त कार्यक्रम गरिएको थियो। सुप प्रदेश प्रमुख प्रमानन्द पन्त कार्यक्रमका प्रमुख आथिति रहेका थिए। प्रमुख अतिथि पन्तले हिमालयन लाईफ ईन्स्योरेन्स लि.बिमा कम्पनीकाे महत्त्व र आवश्यकताका विषयमा प्रकाश पार्नुभएको थियो।
जीवन बिमा सम्बन्धित समेत सचेतना विशेष कार्यक्रम गरेर विद्यालयकी प्राध्यापक देबि साउदलाई भित्ते घडी हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रम आयोजनाकाे सञ्चालन हिमालयन लाईफ ईन्स्योरेन्स अत्तरिया शाखा प्रमुख गजेन्द्र भण्डारीले गरेका थिए।
हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालयले देशभरिका सातवटै प्रदेशहरूमा यस्ता खालका विभिन्न कार्यक्रमहरु गरेर सचेतनामूलक ढंगले बीमा सम्बन्धी आफ्ना कम्पनीहरूले गरेका महत्त्वपूर्ण कार्यहरूलाई कार्यक्रमहरू गरेर जानकारी गराइरहेको समेत उहाँले बताउनुभएको थियो।
हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड सुप प्रदेश कार्यालय आफ्नो मातहत रहेका शाखा कार्यालयहरूबाट कार्यक्रम गरिरहेकाे छ। सुप समावेशी विद्यालयका बिद्यार्थीहरु फलफुल समेत वितरण गरेका थिए।