गेटामा स्कारपियोको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सुनिलको मृत्यु।

अत्तरिया, कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। आज (बुधवार) गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो।

डंगौराको उपचारका क्रममा मृत्यु भएको हो। डगौरासँगै मोटरसाइकल पछाडि सवार रहेका महेन्द्र चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोे छ। स्कारपियो चालक गोदावरी–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ

 

ताजा समाचार