काठमाडौं , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीडितले न्याय नपाएकाले आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् ।
पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएको उनको भनाइ छ ।
शनिबार राति सामाजिक सञ्जालमार्फत उनले उक्त शुभकामना प्रधानमन्त्रीलाई नै टक्र्याउन चाहेको भन्दै कटाक्ष गरेका छन् ।
“पीडित बालिकाहरूले प्रम (खडगप्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला,” मेयर बालेनले फेसबुकमा लेखेका छन् ।
शनिबार ६०औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।