कैलालीको अत्तरियाबाट खस आन्दोलन सुरु हुदै

अत्तरिया, खस मुक्ति मोर्चाले कैलालीको अत्तरियाबाट आन्दोलन तयारी सुरु गर्ने भएको छ। अत्तरियामा मुक्ति मोर्चाले घोषणा सभा गर्दै छ । आन्दोलनको अगुवाई गरिरहेका बझाङका निर्मल सिह धामीले जन प्रदर्शन सहित मोर्चाको घोषणा गरिने तयारीमा रहेका छन्  ।

उनले खसलाई आर्य समुदायबाट अलग गरिनु पर्ने आफुहरुको माग रहेको बताए । १७ प्रतिशत खस समुदायको अलग्गै पहिचान रहेकाले आफुहरुको राज्य सयंन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर रहेको छ । उनले भने,’ खस आर्य भन्दा अलग नै हो ।

अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामीले पाएका छैनौं । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदायको राज्य सयंन्त्रमा उपस्तिथि नै छैन । त्यसैले यहि कुरालाई स्थापित गर्न हामीले आन्दोलन गर्न परेको उहाँले बताए ।’ खस समुदायले मष्टो धर्म मान्दै आएको छ।

१६ सय वर्षसम्म बाहुनहरूले यो देशमा राज्य सञ्चालन गर्दा कुनै किसिमको काम नभएको उहाँको भनाइ थियो। खस र आर्य एउटै जाति नभएको फरक भएकाले खसको अधिकारका निमित्त खस सेना सहित आन्दोलनको मोर्चाबाट अधिकार लिने उहाँले बताउनुभयो ।

खसआर्य एउटै ठाउँमा हुँदा खस समुदाय लोभ हुँदै गइरहेको चिन्तनसहित उहाँको भनाइ थियो। यसका लागि सबै समुदायका व्यक्तित्वहरू लाग्नुपर्ने उहाँको अपिल समेत रहेको थियो।

धामी कै नेतृत्वमा मोर्चाको कार्यालय पनि अत्तरियामा रहेकोे  छ ।

 

ताजा समाचार