क्याबिनेट रिसोर्ट झन्डै ७० लाख बढीको लगानीमा पुनःसंचालनमा

अत्तरिया , कैलालीको गोदावरी-२ मा क्याबिनेट रिसोर्ट पुनः संचालनमा आएको छ । उक्त रिसोर्टको आज प्रदेश सांसद चक्र बहादुर मल्लले उदघाटन गरेका थिए ।

बिगत ५ बर्ष देखि संचालित रिसोर्टलाई नयाँ सजावटका साथ संचालनमा ल्याएको संचालक राम थापा ले बताए । रिसोर्टमा ३ वटा डिलक्स रुमहरु रहेका छन् । पार्किङ को पर्याप्त सुबिधा रहेको रिसोर्टमा लोकल कुखुराका परिकार र माछाका परिकार उपलब्ध गराइने थापा को भनाई रहेको छ ।

राम थापा र बिष्णु जोशी दुबै जनाको सहकार्यमा झन्डै ७० लाख बढिको लगानीमा रिसोर्ट संचालनमा ल्याएका हुन । रिसोर्टले आफ्नै पोखरी मा माछाको उत्पादन पनि सुरु गरिरहेको छ ।

 

ताजा समाचार