विश्व खेलकुदको सबैभन्दा ठूलो मेला: पेरिस ओलम्पिक को भव्य उद्घाटन।

काठमाडौं , विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर  उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो ।

उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भएका थिए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भएका थिए ।

 

ताजा समाचार