गोदावरीबाट एमाले जिल्ला अधिबेशनको लागि सर्वसम्मत ६१ प्रतिनिधी चयन

 गोदावरी, नेकपा एमाले कैलालीको ९ औँ जिल्ला अधिवेशनका लागि गोदावरीका १२ वडा बाट सर्बसम्मतीले प्रतिनिधी चयन भएका छन ।

हिजो र आज गरी ६१ जना प्रतिनिधी सहमति बाट नै चयन भएको नेकपा एमाले गोदावरीका सहजकर्ता गणेश जिमि साउँदले बताए । उनका अनुसार सबै भन्दा बढी वडा नम्बर २ बाट ६ जना प्रतिनिधी चयन भएका छन ।

यस्तै गोदावरीबाट दलित कलष्टरबाट २१ जना र जनजातिबाट १० जना प्रतिनिधीहरु पनि सर्वसम्मत चयन भएका छन् । प्रदेश अधिबेशनको क्रममा गोदावरी एमाले दुई धारमा बिभाजित रहेको थियो । तर अहिले भने दुबै धारबाट प्रतिनिधी चयनमा सर्ब सम्मती खोज्न नेताहरु लागेका थिए ।

यदपी प्रतिनिधी चयनमा भने दुबै गुटले आ- आफ्ना प्रतिनिधी चयनमा अधिक बल गरेका छन । जिल्ला पदाधिकारीको लागी पनि गोदावरीमा आधा दर्जन नेताहरुले आकांक्षा राखेका छन ।

नेकपा (एमाले) कैलालीको ९औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैछ । जिल्ला अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

ताजा समाचार