राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

डडेल्धुरा, डडेल्धुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतवार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामलनैे जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। यस्तै अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

 

ताजा समाचार