नक्कली ठेली प्रकरण : अध्यक्ष बोहरा र निबर्तमान अध्यक्ष देबकोटाको नाममा पक्राउ पुर्जी जारी

अत्तरिया, अत्तरिया महोत्सव को नक्कली ठेली प्रकरण मा थप दुई जना को नाममा पक्राउ पुर्जी जारी भएको छ । संघका बर्तमान अध्यक्ष कल्याण सिँ बोहरा र  निबर्तमान अध्यक्ष असोक राज देबकोटाको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी स्रोत का अनुसार पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजी शुरु भएको छ ।  नक्कली ठेली प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

संघका महासचिव शंकर खड्का , सचिब दिलिप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र महोत्सव मा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्वबियु सभापति भुबन महरा अहिले प्रहरी हिरासत मै छन् ।

उनिहरु माथी प्रहरी ले अनुसन्धान गरिरहेको छ ।केही समय अघि सम्पन्न प्रादेशिक महोत्सवमा नक्कली ठेली भेटिएपछि संघ को उजुरी को आधार मा प्रहरीले अनुसन्धान गरिरहेको हो ।

 

ताजा समाचार