राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीलाई गोदावरीकाद्धारा बिदाई

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई गोदावरीका नगरप्रखुम बिरेन्द्र भट्टले बिदाई गरेका छन ।

१४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेको हुन । आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १ सय २९ जना खेलाडीहरु सहभागिता रहने जानकारी गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । पुष २७ गते देखि २९ गते गोदावरीको सरस्वती मा।बि गेटामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रम बाट छनौट भएका

बिभिन्न बिधाका खेलाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेल संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको थियो।

 

 

ताजा समाचार