गोदावरी आर्यघाट मा फोहर राख्न २ थान च्याम्बर

अत्तरिया , गोदावरी आर्यघाट नजिक फोहोर जम्मा गर्ने च्याम्बर राखिएको छ । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २ थान च्याम्बर राखेको हो ।

आर्यघाटमा शब जलाउन जाने  क्रममा कपडा तथा प्लास्टिक जन्य फोहोरमैलाको ब्यवस्थापनका लागि सहज होस् भनेर ती च्याम्बर राखिएको जनाएको छ ।

फलामबाट निर्मित उक्त दुई च्याम्बरमा कपडा र प्लास्टिक अलग अलग राख्ने ब्यबस्था गरिएको संस्था सहायक प्रमुख यादब फुलाराले बताए ।

४८ हजार को लागतमा च्याम्बरहरु को निर्माण गरिएको हो । यस अघि आर्यघाट मा फोहर राख्ने उचित ठाँउ नहुँदा उक्त क्षेत्र दुर्गन्धित बन्दै जाने गरेको छ ।

गोदावरीमा कैलाली को तराई देखि चुरे पहाड सम्म दाहासंस्कार गर्न आउने गर्दछन्

 

ताजा समाचार