धनगढी, कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्स्काभेटर र डोजरसहितका १८ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ।
गोदावरी नदी र खैराना नदी उत्खननमा प्रयोग भएका गाडीहरू आइतवार साँझ प्रशासनले नियन्त्रणमा लिएको हो।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा प्रयोग भएका ३ वटा एक्स्काभेटर, ३ जेसिबी, १० वटा टिपर र ३ वटा ट्याक्टर खानी तथा नदीजन्य पदार्थको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुषाल नेतृत्वमा गएको टोलीले अवैध उत्खननमा प्रयोग भइरहेका गाडीहरू नियन्त्रणमा लिएको हो।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)
गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेको भन्ने समाचार र सार्वजनिक गुनासो प्राप्त भएपछि संयोजक भुषालसहित प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, कैलाली प्रहरी प्रमुख एसपी देवेन्द्रबहादुर पाल,
![](https://etigernews.com/wp-content/uploads/2023/08/nawaduga.gif)
डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेल, सशस्त्र प्रहारी बलका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धानका प्रमुखसहितको टोलीले गोदावरी र खैराना नदीबाट १८ वटा गाडी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका गाडीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र नदी उत्खननका विषयमा थप अध्ययन गरिने जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख भुषालले बताएका छन्।