कैलाली प्रहरी कार्यालयमा आफै उपस्थित भए संघका सचिव साउद र स्ववियुका सभापति महरा

अत्तरिया, अत्तरियामा लागेको महोत्सवमा टिकट छानबिनका लागि सहयोग गर्न गोदावरी नगरपालिकाका मेयरका स्वकिय सचिव तथा अत्तरिया उद्योग बाणिज्य संघका सचिव दिलिप कुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा आफै उपस्थित भएका छन ।

बाणिज्य संघले पुष २६ गते देखि माघ ४ गते सम्म संचालन गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकेट भेटिए सँगै ब्यापारी तथा केही पदाधिकारी बिच छानबिनका लागि दबाब श्नीजना भएको थियो । यसै क्रममा बाणिज्य संघका ४ जना पदाधिकारीहरुको पक्राउ पुर्जी जारी भए सँगै दुई जना भने आज उपस्थित भएका छन ।अत्तरिया उद्योग बाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकटको छानबिनका लागि अहिले जिल्ला प्रहरी कार्यालय धनगढीमा छानबिनमा रहेका छन ।

यसै बिच गोदावरी नगरपालिकाले टिकट छानबिनको अबस्थामा पदमा रही रहदा पार्ट्री तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस र निश्पक्ष छानबिनका लागि स्वकिय सचिवलाई निलब्मन गरी प्रहरी प्रशासनलाई सहयोग गरेको नगरपालिका स्रोतले बताए ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलालीमा रहेका छन ।

 

ताजा समाचार