नक्कली ठेली प्रकरण : स्ववियुले विज्ञप्तिद्धारा संचारकर्मी माथि आक्रोस व्यक्त

अत्तरिया, सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री गरेको आरोपमा दुई जना विरुद्ध कैलाली प्रहरी कार्यालयमा उद्योग वाणिज्य संघले किटानी जाहेरी दिएको थियो । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्ववियुले विज्ञप्ति जारी गर्दै संघले रुजु गरेर दिएको टिकट ठेली बिक्री गरेको र उक्त कार्यमा स्ववियुको कुनै पनि गल्ति कमी कमजोरी नरहेको व्यहारो अवगत् गराउर्दै स्ववियु सभापति भुवन महरालाई केही संचारकर्मीहरुले आपैm न्यायधिश बनि व्यक्रिलाई सुनियोजित तरिकाले दोषी ठहराउने र अनावश्यक भ्रामिक समाचार संम्प्रेषण गरेको आरोप संचारकर्मीमाथि लगाएको छ ।

साथै संचारकर्मीले पाटी र व्यक्रिको चाकरी गरेको समेत उपाध्यक्ष र सचिवले हस्ताअक्षर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । तर कैलालीको अत्तरियामा लागेको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री गरेको भन्दै उनीहरूको विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा संघले किटानी जाहेरी दर्ता भएको हो । किन स्ववियु आज विज्ञप्ति निकालेर संचारकर्मीमाथि आक्रोष व्यक्र गरिरहेको छ । तथ्यमा आधारित समाचार संम्प्रेषण गरेको हामी संचारकमीहरुले बुझेका र्छौ।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुलाई टिकट विक्रीको जिम्मा दिएको थियो। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीमा २ जनाको नाम संघले किटानी जारी दर्ता गरेको थियो।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। तर, बुधवार साँझसम्म उनीहरू पक्राउ परेका छैनन्। दुई जनाका विरुद्ध पक्राउ पुर्जी जारी भएका बेला थप चार जनाका विरुद्ध जाहेरी प्रहरीमा पुगेको हो।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रति टिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्कोबाट १३ र अर्को बाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए।

 

ताजा समाचार