संघका अध्यक्ष र महासचिवलाई नक्कली टिकट ठेली बिषयमा थाहा भएको सम्वाद अडियो सार्वजनिक

अत्तरिया, नक्कली टिकट ठेली प्रकरणमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराको अडियो सार्वजनिक भएको छ । बोहराले नक्कली टिकट ठेली प्रकरणमा दोस्रो पटक दिएको जाहेरीपछि संघकै महासचिवबीच भएको कुराकानीको अडियो बाहिरीएको हो ।

उक्त कुराकानीमा अध्यक्ष कल्याण सिह बोहरा र महासचिव शंकर खड्कालाई नक्कली टिकटका बिषयमा दुबै जना थाहा भएको सम्वाद अडियो सार्वजनिक भएको छ । तर दोस्रो पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन । यो कसैलाई फसाउन होइन । यो सेभ ल्यान्डिङ गर्नको लागि हो’ उनले भने ‘शंकर भाई योलाई सेभ ल्यान्डिङ गर्ने हो । खालि दुनिया दिवाना । पार्टीको प्रेसर अर्को छ । अर्कोको अर्को छ । केन्द्रबाट फोन आइरहेका छन । अर्कोबाट फोन आइरहेका छन ।’

उनले कुराकानीमा उनले उद्योग बाणिज्य संघलाई बचाउन उजुरी दिएको बताएका छन । उनले यसको पाछि लागे घातक हुने र सबैलाई घातक हुने भएकाले मिलाउन खोजेको अडियोमा बताएका छन । उनले चोरलाई पनि सेभ गनुपर्ने अडियोमा बताएका छन ।

 

ताजा समाचार