नक्कली टिकट ठेली प्रकरण : हस्ताक्षर प्रशासनलाई बुझाइयो

अत्तरिया, नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरियामा संकलन गरिएका हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कैलालीमा वुझाइएको छ ।

‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले सोमबार अत्तरिया बजारमा संकलन गरेका हस्ताक्षर मंगलबार प्रशासन कार्यालयलाई बुझाएको हो ।

समितिले हस्ताक्षर संगै बुझाएको ज्ञापन पत्रमा घटनाको छानविन गर्न माग गरिएको छ । संघर्ष समितिको शान्तिपूर्ण र रचनात्मक विरोधका कार्यक्रमलाई बेवास्ता गरिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

संघर्ष समितिले यसअघि पनि माघ १४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस
 

ताजा समाचार