सुदुरपश्चिमका एक मन्त्रीले ज्यान मार्ने धम्की दिएपछि ..

अत्तरिया, सुदुरपश्चिममका एक मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी परेको छ । सामाजिक बिकास मन्त्री झपट बहादुर  साउँदले  बझाङ बुँगल का धन बहादुर बोहरालाई ज्यान मार्ने धम्की दिएको भन्दै कैलाली प्रहरी समक्ष उजुरी परेको छ ।

आर्थिक लेनदेन को बिषयमा मन्त्री साउँदले धम्काएको उजुरीमा उल्लेख गरिएको छ । मन्त्री साउँदले भने यो कुरा अस्विकार गरेका छन् । उनले आर्थिक लेनदेन र ज्यान मार्ने धम्की दिएको दुबै कुरो झुटो हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी ) कुलदिप चन्दले बाेहराले साउँदले आफूलाई  ज्यानकाे धम्की दिएकाे भन्दै उजुरी परेकाे जानकारी दिए । उनका अनुसार बाेहराले साउँदलाई विभिन्न मितिमा पैँसा दिएकाे तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकाे उल्लेख गरेका छन् ।

हेर्नुस् उजुरी :

मितिः २०८०।१०।१४ गते

जिल्ला प्रहरी कार्यालय धनगढी, कैलाली

विषयः आवश्यक छलफल तथा शान्ती सुरक्षा गरी पाउँ ।

मोहदय,

उपरोक्त सम्वन्धमा निवेदन दिनको खास कारण यो छ, कि जिल्ला आछम रामारोशन गाउँपालिका वडा नं. ६ वस्ने विर वहादुर साउँको छोरा वर्ष ४३ को झपट वहादुर साउँद (मो.नं. ९८६०४२०७३४) ले म वाट विभिन्न मितिमा मलाई साहै समस्या छ, भनी रुपैया ऋण सापटी मागी लिएको थिए । निजले दिने समय अवधि समाप्त भई सक्दा समेत मलाई रुपैया नदिई रुपैया फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिम धाक धम्कि दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्कि दिएको हुँदा मेरो शान्ती सुरक्षा समेत गरि पाउँन यो निवेदन पेश गरेको हुँ ।

उजुरी : निवेदक धन वहादुर बोहरा जिल्ला बझाङ्ग बुंगल न.पा. वडा नं. १ मो. नं. ९८६८४४६१८६,जिल्ला प्रहरी कार्यालय, कैलाली

 

ताजा समाचार