कञ्चनपुरमा आजदेखि तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु

कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका हुन ।

प्रतियोगितामा सात वटै प्रदेश र तीन बिभागिय टिम गरि १० वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख, द्धितिय हुने टिमलाइ दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफी प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरीका उत्कृष्ट खेलाडी लाइ २० हजार तथा उत्कृष्ट ६ बिधामा १० हजारका दरले पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता माघ २० गते समापन गरिने छ ।

 

ताजा समाचार