गोदावरी-४ हाटखोलीमा रहेको बर्थिङ सेन्टरको नगर-प्रमुख भट्टद्धारा उद्घाटन

अत्तरिया,कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ को हाटखोलीमा सुरक्षित प्रसुस्ती तथा सुरक्षित गर्भपतन सेवाका लागि प्रसूति गृह बर्थिङ सेन्टर संचालनमा आएको छ । नगर प्रमुख विरेन्द्र भट्टले उक्त बर्थिङ सेन्टरको आज शुक्रबार समुद्घाटन गरे ।

सुगम पालिकाको दुर्गम क्षेत्रमा यसरी सुविधा सम्पन्न हुने गरी बार्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकेकोमा उनले खुशी ब्यक्त गरे । नगर प्रमुख भट्टले वार्थिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराएकोमा धन्यबाद समेत दिएका थिए। गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटने विश्वास लिइएको छ ।

२५ लाख लगानीमा बनेको शहरी स्वास्थ्य क्लिनिकमा ४ कोठे पक्की भवन सहित चेक जाँच गर्ने कक्ष, प्रसुस्ती कक्ष लगायत सुविधा उपलब्ध रहेको छ । वडा नं.४ का हाटखोली, बन्देगाडा, मुरिभावर लगायत ठाउँका स्थानियले अब सेवा लिने छन् ।

कार्यक्रमममा गोदावरी नगरपालिकाकी उप-प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्ट, वडा नंं४ का वडाध्यक्ष हेम प्रकाश मल्ल, स्वस्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत पालिकाको कर्मचारी समाजसेवी तथा स्थानियबासीहरूको सहभागितामा बर्थिङ सेन्टरको उद्घाटन गरेका हो।

 

ताजा समाचार