डडेल्धुराको परिगाउँ बस्ने १५ वर्षीय बलदेव नाथ भारतको टनकपुरबाट बेपत्ता

अत्तरिया, डडेल्धुराको परिगाउँ बस्ने १५ वर्षीय बालक भारतको टनकपुरबाट बेपत्ता भएका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नं.५ परिगाउँका १५ वर्षीय बलदेव नाथ मंगलवारदेखि बेपत्ता भएका हुन्।

मंगलवार घरबाट हिडेर भारतको टनकपुरसम्म पुगेको र त्यहाँबाट उनी बेपत्ता भएको बुबा नरेन्द्र नाथले बताएको छ। मगलबार बिहान ८ बजे घरबाट औषधी ल्याउछु भन्दै टनकपुर गएको र त्यहाँबाट बेपत्ता भएको बलदेव नाथका बुबा नरेन्द्रले बताए । हालै ब्रतबन्ध गरेकाले बालकको कपाल पुरै खौरिएको समेत उहाँले जनाइएको छन्।

बालकलाई देख्ने जो सुकैले नजिकैको प्रहरी चौकी अथवा बुवा नरि नाथ ९८६५६८३८१४, दाजु ९८४८६२४६३७ नम्बरमा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गरेका छन्।

 

ताजा समाचार