गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा पुन:दाउरा वितरण

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा पुन:दाउरा वितरण गरेको छ । तराईका जिल्लामा सितलहरसँगैं अत्यधिक चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।

शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको उहाँले बताए ।

उहाँले भने नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको र चिसो समयभरी नै नगरले दाउरा वितरण गर्दैं आएको समेत बताउनु भएको थियो ।

दाउरा पाएपछि स्थानीय ब्यबसायीले खुशी व्यक्त गरेका छन् । ब्यबसायी रतन विष्टले भने , ‘चिसोमा नगरपालिकाले आफ्ना नागरिकलाई दाउरा वितरण गर्नु राम्रो हो । गाउँबस्तीमा पनि वितरण गरी दिए सबैले राहत पाउने उहाँका भनाई थियो ।

 

ताजा समाचार