नक्कली टिकट ठेली संघको नियन्त्रणमा ,छानबिन कार्यदल गठन गरेर सत्यतथ्य बाहिर ल्याउछौं : अध्यक्ष बोहरा

अत्तरिया, कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ । प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री हुँदै गरेको भेटिएको हो । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ ।

आठौँ संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० लाई दिइएको थियो । बिहिवार फरक किसिमको टिकटको ठेली भेटिएपछि शुक्रवार र शनिवार भने आयोजकले टिकट विक्री गरेको छ। तर, ति २८ वटा टिकट ठेली कहाँबाट महोत्सवमा भित्रिए भन्ने जानकारीमा आएको छैन ।

अत्तरिया उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण सिंह बोहराले भेटिएका २८ वटा नक्कली टिकट ठेली बरामत बताउनु भयो । हामी अनुसन्धान र छानबिन जारी रहेकोे बताउदै अरु बर्षभन्दा यो बर्ष महोत्सब सफल हुने भएकाले महात्सबलाई असफल गर्न केही व्यक्तिहरुले गरेको हुनसक्ने उहाँको भनाई छ । आयोजक भित्रबाट यस्तो कुरा हुन नसक्ने बताउदै कार्यदल गठन गरेर सत्यतथ्य कुरा बाहिर ल्याउने उहाँको भनाई थियो ।

त्यस्तै अत्तरिया उद्योग वाणिज्य सघंका महासचिव शंकर खड्काले महोत्सव संचालनको दौरानमा आयोजकलाई ठुलो चुनौती आएको बताउदै माघ ३ गते कार्यसमिति कै पदाधिकारीले उक्त ठेलीहरु नियन्त्रणमा लिएको बताउनु भयो । २८ मध्ये २ ठेली पूर्ण रुपमा काटिएको र अन्यमा केही काटिएको अवस्थामा भेटिएको उहाको भनाई छ । महोत्सव जारी रहेकै बेला विवाद बढाउँदा महोत्सव बिथोलिने भएकाले धेरै कुरा बाहिर नल्याएको र अनुसन्धान गरेर दोषीलाई चाडै बाहिर ल्याएर कारबाही गरिने उहाँले बताउनु भयो ।

टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुवन महराले क्याम्पसमा अध्ययन गरिरहेका बिद्यार्थीको हकहितमा केही काम गरौं भने उद्देश्यले महोत्सवको टिकटको जिम्मा लिएको बताउदै बिद्यार्थी नेता र टिकट काट्ने व्यक्तिबाट नक्कली टिकट नकाटिएको र संघले भित्रबाट दिएको टिकट काटेको उहाँले बताउनु भएका छन् ।

बरामत भएका सबै नक्कली टिकट ठेली अहिले संघको नियन्त्रणमा रहेका छन् भने अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ ।

 

ताजा समाचार