अत्तरिया जारी महोत्सवमा गायक चक्र बम र अछामी बड्डोको प्रस्तुति आज

अत्तरिया, कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित कलाकार चक्र बम र गायक लाल बहादुर धामी “अछामी बड्डो”को प्रस्तुती रहने भएको छ ।

दुबै जना यस क्षेत्रका चर्चित कलाकार हुन । आजै  महोत्सवमा अस्मीता पुरी,माया पाण्डे,रितु थापा,हेम अधिकारी भिम विष्ट लगायतको प्रस्तुती पनि रहने भएको छ ।

पुर्बरोड लामीताल परिसरमा जारी महोत्सव माघ ७ गतेसम्म चल्नेछ । महोत्सवको एक कार्यक्रमका बिच भोलि समापन गरिने संस्थाका महासचिव शंकर खड्का ले बताए ।

 

ताजा समाचार