अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली प्रयोग, संघकै पदाधिकारीको मिलोमतो हुन सक्ने आशंका

अत्तरिया , कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सवमा झन्डै २८ बढी नक्कली टिकटको ठेली प्रयोग भएको भेटिएका छन ।

आयोजकले टिकट काट्ने टिमबाट उक्त ठेली बरामद गरेका हुन । संघको समिति भित्रकै पदाधिकारीको मिलोमतोमा नक्कली टिकट ठेली बनाइएको आशंका गरिएको छ । संघका कोषाध्यक्ष हेम भण्डारीले नक्कली ठेली भेटिएको पुष्टी गरे । उनले नक्कली टिकटको ठेली नियन्त्रणमा लिइएको बताए ।

संघले टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वबियुलाई दिएको थियो । यसको बारेमा संघले आन्तरिका छलफल गरेको छ । ति ठेली कहाँ बनाइएको र कहिले देखी प्रयोगमा आएको हो भन्ने खुलेको छैन ।

संघले छापेका आधिकारिक टिकट भन्दा नक्कली टिकटमा छपाई कमसल प्रयोग भएको देखिन्छ । संघले थप टिकट नक्कली प्रयोग हुन सक्ने भन्दै आज देखी आँफै टिकट बिक्री बितरण गर्न शुरु गरेको छ ।

यसबाट संघले महोत्सब मार्फत गर्ने आम्दानीमा समेत धक्का लागेको छ । संघ स्रोतका अनुसार नक्कली ठेलीबाट ५ लाख बढीको घोटाला भएको आशंका गरेको छ । यस बारेमा संघले छिट्टै आफ्नो धारणा सार्बजनिक गर्ने स्रोतको भनाई रहेको छ ।

 

ताजा समाचार