गोदावरीको प्रशासनिक भवनको पुनःउद्घाटनका क्रममा एमाले नेता गोकर्ण भट्टमाथि हातपात

धनगढी, कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको पुनःउद्घाटन गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको नवनिर्मित भवनको बिहेवार उद्घाटन गरेका हुन्।

पुनःउद्घाटन गरेको भन्दै बिरोध प्रदर्शनमा रहेका नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टमाथि नेपाली काँग्रेसका बिद्यार्थी,तथा युवा नेताहरुले हातपात समेत गरेको थियो । बिरोधका बिच प्रदर्शन स्थलमै गएर उहाँमाथि हातपात गरेको भिडियो देखिएको छ । केही समयपछि प्रहरीले हातपात गरेका युवाहरुलाई पछाडी धक्लेको देखिन्छ ।

नगरपालिकाको प्रशासकीय भवन उद्घाटनमा विवाद भएपछि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। एमालेका नेता कार्यकर्ताहरू प्रवेशद्वारको बाहिर थिए भने एमालेबाट विजयी जनप्रतिनिधिहरू एक छेउमा जम्मा भएर नाराबाजी गरिरहेका थिए ।

 

ताजा समाचार