गोदावरीको भवन पुन:उद्घाटन कार्य तत्काल रोक्न एमाले गर्यो पत्रकार सम्मेलन,पार्टीका एक पक्षिय नेताको उपस्थिती थिएन्

अत्तरिया, नेकपा एमालेले कैलालीको गोदावरी नगरपालिकाको भबन पुनः उद्घाटन गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया बनखेतमा पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले उक्त कार्यको बिरोध गर्ने जनाएका हुन । साथै उनिहरुले पुनः उद्घाटन गर्ने कार्य तत्काल रोकेर एमालेसँग वार्ता गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सदस्य सन्तोष शर्माले उद्घाटन भई सकेको भबन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । उनले यसको नजिर पनि गलत बस्ने र दुरगामी प्रभाव पार्ने बताइन् ।

उनले भनिन्,ु एउटा सरकारको पालामा उद्घाटन हुने अर्को सरकार आएपछि भत्काउने गर्दै जाने हो भने भोलीका दिनमा के के हुन्छ । यसको पनि हिसाब किताब राख्नु पर्ला समेत उहाँले व्यक्र गरेकी थिईन् ।

एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिका को भबन पुनः उद्घाटनको कार्य नाटक मात्रै भएको बताए । उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगरप्रमुखले पुनः उद्घाटनको नाटक मन्चन गरेको दाबी गरे । उनले भोलि हुने नगरपालिका भबन उद्घाटनको कार्य तत्काल रोकेर एमालेसँग वार्तामा बस्न आग्रह गरे ।

यस्तै नगरपालिकाका निबर्तमान नगरप्रमुख हरि सिँ साउँदले नगरपालिकाको भवन उद्घाटन त्यो बेला विधि पुर्वक एडिबी कै प्रतिनिधिको सरसल्लाहमा गरिएको दाबी गरे । उनले भवन पुनः उद्घाटन गर्ने कुरा राजनीतिक संस्कार भन्दा बाहिरको भएको जिकिर गरे । उनले लोकतन्त्रको सामान्य अभ्यास भन्दा बाहिर गएर एउटा जनप्रतिनिधिको पालामा भएको भबन पुनः उद्घाटन गर्छु भन्नू लोकतान्त्रिक अभ्यास नभएको तर्क गरे ।

नगरपालिकाकि उपप्रमुख शारदा देबी रोकायाले नगरपालिका को भबन पुनः उद्घाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको बेवास्ता गरिएको बताइन् । उनले भोलि पुनः भबन उद्घाटन गरे आफुहरुको सहभागीता नहुने बताइन् । यसैबिच एमाले गोदावरीले एक प्रेस बिज्ञपति समेत जारी गरेको छ ।

नगर अध्यक्ष सन्तोष सिंह ले पुनः उद्घाटन गर्ने कार्यले मुडभेडको अवस्था निम्त्याएको बताएका छन् । उनले जबर्जस्ति भबनको उद्घाटन गरिए त्यसपछि आउने परिणामको जिम्मेवारी स्वयं मेयरले लिनुपर्ने चेतावनी समेत दिए । एमाले गोदावरीले बिज्ञप्ति मार्फत पुनः उद्घाटन गरिए प्रतिकार गर्ने चेतावनी दिएको छन् । तर पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका एकपक्षिय नेता कार्यको भने उपस्थिती रहेको पाईएको थियो ।

 

ताजा समाचार