अत्तरियामा जारी प्रादेशिक महोत्सवमा अहिलेसम्म बढी दर्शकको उपस्थिती

अत्तरिया , कैलालीको अत्तरिया मा जारी प्रादेशिक महोत्सवमा अहिलेसम्म कै रेकर्ड ब्रेक भएको छ । मंगलबार महोत्सवस्थल लामिताल ग्राउन्ड भरिभराउ बनेको थियो ।

सोमबार १८ हजार बढी दर्शकले अबलोकन गरेको महोत्सवमा आज ३० हजार बढी दर्शकले अबलोकन गरेको अनुमान गरिएको छ । आज चर्चित अभिनेता पल शाह र गायिका एलिना चौहानले प्रस्तुति दिएका छन् ।

आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिँ बोहराले आज महोत्सवमा अत्यधिक भिड भएका कारण टिकट बिक्रिबितरण केहिबेर रोकिएको बताए ।

उनले आज बिहान १० बजे देखि नै दर्शक आउन शुरु भएको र ४ बजे सम्म उस्तै भिड रहेको बताए । अभिनेता पल शाहलाई स्टेज सम्म पुर्याउन आयोजकलाई हम्मे हम्मे परेको थियो । पल शाह स्टेजमा चढेपछी केहिबेर महोत्सव अस्तब्यस्त समेत भएको थियो ।

उनले आफ्ना फ्यानहरु संग स्टेजबाट नै हात मिलाउन खोज्दा सुरक्षाकर्मीलाई समेत गार्हो भएको थियो । महोत्सवमा सांझ अबेरसम्म नै भिड रहेको थियो।

 

ताजा समाचार