बाल विवाह न्युनिकरण गर्न गोदावरीका धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकामा बाल विवाह रोक्न धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण दिएको छ । निड्स नेपालको सुदूरपश्चिम बाल विवाह निवारण परियोजनाले व्यक्तिगत घटना दर्ता,स्वास्थ्य सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि औपचारिक, अनौपचारिक सम्बन्धी विषयमा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै परियोजनाकी सामाजिक परिचालिका लक्ष्मी लुहारले गोदावरी ६ वटा वडामा यो परियोजना संचालन रहेको बताउर्दै धामी झाँक्री, सहरी स्वास्थ्य क्लिनिकको प्रसुस्ती गृहमा काम गर्ने महिला स्वास्थ्यकर्मी

र स्वयंसेवकालाई हामीले बाल विवाह न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको बताउनु भयो । धामी झाँक्रीहरूको पनि बाल विवाह न्युनिकरण रोक्न महत्वपूर्ण भूमिका हुने भएकाले प्रशिक्षण दिएको उहाँको भनाई थियो ।

त्यस्तै प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षाथी पदम बहादुर साउदले बाल विवाह राक्न धामी झाँक्रीले पनि सहयोग पर्ने कुरा सिकेको बताउनु भयो । धामी झाँक्रीको काम भनेको भुतपिजास धपाउने हो, तर हामी जस्ता बुढापाका मान्छेले अहिलेका युवायुवतीलाई बाल विवाहका बिषयमा सम्झाउनु पर्ने कुरा सिकेको उहाँले बताउनु भयो ।

गोदावरी नगरपालिकाको पञ्जिकरण शाखाका प्रमुख ज्ञानेन्द्र कुमार भट्टले स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले व्यक्तिगत घटना दर्ता र बाल विवाहका बिषयमा प्रशिक्षणका हुन् ।

 

ताजा समाचार