गोदावरीधामा भक्तजनहरुको घुइँचो

अत्तरिया, कैलालीको  गोदावरी नगरपालिका -४ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकर मेलाका लागि आउने श्रद्दालु भक्तजनहरुको घुइँचो लागेको छ।
सुदूरपश्चिम को प्रख्यात मानीने धार्मिक क्षेत्र गोदावरीधाममा बाह्रराशी मकर मेलाका लागेकाले मन्दिरहरुमा पुजा आराधना गर्ने र नदीमा नुहाउने भक्तजनहरुको भिड लागेको हो ।

उत्त धाममा हिजो देखि बाह्रराशी मकर मेलाको शुभारम्भ भएको हो।आइतबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले बाह्रराशी दर्शन मकर मेलाको उद्घाटन गरेका हुन् ।
गोदावरीधाममा सुदूरपश्चिम का बिभिन्न जिल्ला सहित भारत बाट भक्तजनहरु आउने गर्द्छन।

 

ताजा समाचार