कैलालीमा अपराधको पहिलो तहका घट्ना बढे

धनगढी, कैलालीमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटनामा वृद्धि भएको छ।अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुने गरेको देखिएको छ।

अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ। यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने प्रहरीको चेतावनी छ।

प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउनु नै सार्वजनिक अपराध भएको प्रहरीले जनाएको छ। पहिलो तहको अपराध हुने भएकाले यसमा उसलाई सुध्रनका लागि गरिने सजायको रुपमा मुद्दा अघि बढ्ने गरेको छ। कैलालीमा आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक अपराधका २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर ३६४ मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा थप चास सय ८ सार्वजनिक अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। यो संख्या चालु आर्थिक वर्षको पौष तेस्रो सातासम्म दुई सय नाघेको छ।

प्रदेशमै सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा तीन वर्षमा एक हजार दुई सय सार्वजनिक अपराधका घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ। यस्ता घटनालाई कसैले पनि बेवास्ता नगरी प्रहरीलाई खबर गर्नुपर्ने प्रहरीको आग्रह छ।

सार्वजनिक हित विपरीतका घटना सार्वजनिक अपराधभित्र पर्छ। गालीगलौजदेखि जिस्काएको, अभद्र व्यवहार गरेको, मापसे गरेर समाजमा होहल्ला गर्नेदेखि टोले गुण्डा, छिमेकी झै–झगडा, सामाजिक विकृति, हातपात सबै सार्वजनिक अपराधमा पर्छ।

 

ताजा समाचार