नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ सम्पन्न

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं.१ चैतन्यपुरमा जारी नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ सम्पन्न भएको छ । चैतन्यपुर स्थित श्री नवदुर्गा ग्वाँसी समैजी मन्दिर व्यवस्थापन समितिको आयोजनामा पौष २० गते बाट शुरु भएको धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ बिहिबार एक औपचारिक कार्यक्रम बीच सम्पन्न भएको हो ।

नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ मुल आयोजक समितिका संयोजक मान बहादुर बलायरको अध्यक्षतामा सम्पन्न सप्ताह ज्ञान महायज्ञमा प्रमुख अतिथि युवा नेता लोकराज पाण्डेय (आगो) रहनुभएको थियो । कार्यक्रममा बोल्दै युवा नेता लोकराज पाण्डेय (आगो) ले धर्म सभा आफैमा सभा भएको उल्लेख गर्दै धर्म सभा बिना नत जन्म हुने नत मृत्यु हुने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा युवाहरुले यस्ता धार्मीक कार्यहरु गर्नु आफैमा सहार्निय कार्य रहेको जानकारी दिनुभयो ।

त्यस्तै समापन कार्यक्रममा बोल्दै मुल आयोजक समितिका सहसंयोजक उत्तम महराले चैतन्यपुर बासीले युवाहरुलाई दिएको बिश्वास पुरा गरेको बताउदै आफुहरुले पनि त्यो बिश्वासलाई टुट्न नदिएको बताउनु भयो । युवाहरुले सफलता पुर्वक निर्वाह गरेको कार्यमा बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई धन्यावाद ब्यक्त गर्दै ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्न गाँउ,समाज र टोलबासीको सहकार्य हुनु जरुरी रहेको बताउनु भयो ।महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, व्रतबन्ध र ग्रह पूजाको व्यवस्था गरिएको थियो ।

 

ताजा समाचार