सुदूरपश्चिमका सांसद र देशभरका पालिका प्रमुखलाई परशुरामधामबाट निम्तो

धनगढी, माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नम्बर-५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

 

ताजा समाचार