कैलाली क्षेत्र नं.४ मा एक वडा एक एम्बुलेन्स संचालन : साँसद बलायरले बोलेका बाचा जनताको कानमा गुन्जिदै

अत्तरिया, कैलाली क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य वीरबहादुर बलायरले २०७९ साल मसिंर ४ गते यस क्षेत्रका जनताको लोक प्रिय मत पाएर बिजय भएका थिए । निर्वाचनका बेला बिभिन्न स्थानमा जनताको स्तरअनुसार बोली बोल्न छोड्नु भएको थिएन् ।

उहाँले केही चुनावी कोण सभाहरुमा आफुले जितेमा एक वडा एक एम्बुलेन्स संचालन हुने भनाई थियो । तर एक बर्ष बित्दा पनि उहाँले बोलेको कुरा पुरा भएको देखिदैन् । बलायरले निर्वाचनमा आफु जनतालाई जुटो बोल्दैन बोलेको कुरा आफु पुरा गर्ने बचन निर्वाचनका कोण सभामा थिए, त उक्त आवाज अहिले जनता कान कानमा गुन्जी रहेका छ्न । यि यस्ता कुरा बोल्नमा सबै दलका नेता कोही भन्दा कोही कम देखिदैन्न् ,। कैलाली क्षेत्र नं.४ मा पछिल्लो समय एक अर्काको काटक्षमा व्यस्त देखिन्छन् ।

सुदुरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा छ बटा माग सहित नौ किलोग्रामको माला ग्रहण गर्दै सम्भावना सम्भावनाका सपना दिएका थिए, पुर्वमन्त्री बलायरले । खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नति लगाएतका बिषयमा बोलेका थिए

त्यस्तै, अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरूको हकहितमा हुने गरी कार्यान्वयनका आज पनि दर्शााएका थिए ।

 

ताजा समाचार