सुदूरपश्चिम प्रादेशिक महोत्सव पुर्व-मन्त्री बलायरद्धारा उद्घाटन

अत्तरिया , कैलालीको अत्तरियामा आजदेखी महोत्सव सुरु भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोत्सब आजदेखी सुरु भएको हो । महोत्सवको एक भव्य कार्यक्रमका बीच कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य तथा पुर्व मन्त्री बिर बहादुर बलायरले उद्घाटन गरेका छन् ।

महोत्सव उदघाटन पुर्ब बाजागाजा सहित बजारमा विभिन्न सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ । महोत्सव स्थलबाट बिभिन्न संघसंस्था, बिद्यालय लगायत विभिन्न सांस्कृतिक झाँकी सहितको रयाली अत्तरिया बजारमा परिक्रमा गरी पुनः महोत्सव स्थलमा प्रवेश गरेको थियो ।

महोत्सवमा राष्ट्रिय एवम् स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुति, थारु सँस्कृति तथा परिकार सहितको मिनी महोत्सव (थारु गाँउ), लामितालमा डुङ्गाको व्यवस्था, चर्खा, बिभिन्न खाले बाल उद्यान सहितका रमाईलो मेलाहरु रहेको आयोजकले जनाएको छ । १५० ओटा बिभिन्न खाले स्टलहरु महोत्सवमा रहेका छन ।

महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ । महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आजबाट शुरु भई माघ ७ गते सम्म सञ्चालन हुने महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ,भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको आयोजक रहेको छ ।

महोत्सव सभ्य र भब्य रुपमा सफल पार्न सुदुरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रलाई समेटिने आयोजकले बताएको छ । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ । अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव सञ्चालन भएको छ

 

ताजा समाचार