किसान पचिय पत्रको प्रभावकारी कार्यान्वयन नहुदाँ किसानहरु मर्कामा

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाको किसान परिचय पत्र बितरण एंव सेवा सुबिधाको उपलव्धता सम्बन्धि कार्यबिधि २०७८ बमोजिम किसान परिचय पत्र बितरण कार्यको थालनी भए पनि हाल सम्म पनि प्रभावकारी कार्यान्वयन नहँदा किसानहरु मर्कामा परेका छन । कार्यबिधिअनुसार बर्गिकरणका आधारमा नगरबाट प्रदानहुने सेवा सुबिधा सम्बन्धि ब्यवस्था हेर्दा साना किसानहरुलाई बिशेष सहयोग उपलब्धहुने भए पनि कार्यान्वयन नहँदा साना किसानहरु प्रत्यक्ष मर्कामा परेका छन ।

यसै कार्यबिधिमा ब्यवस्था भए बमोजिम कार्यबिधि कार्यान्वयन तथा प्रभाव मुल्यांकन समितिले बर्षमा कम्तीमा ३ पटक मुल्यांकन गरिनु पर्ने ब्यवस्था भए पनि २०७९ सालभाद्र महिना देखि बितरण कार्य थालनी भएपनि हाल सम्म सवै वडाहरुमा प्रमाण पत्र नै बितरण हुन सकेको छैन । उत्पादन र जीवनसंग जोडिएको यो बिषयमा नगरपालिकाको गम्भीर ध्यानजान आवश्यक देखिएको छ ।

गोदावरी नगरपालिका वडा नं. ३ बाट २६ जना किसानलाई खेतीबाट हुने आम्दानीको स्रोतलाई आधार बनाई ४ किसिमका बर्गिकरण सहितको परिचय पत्र वितरण गरेर सुभारम्भ भए पनि अहिले यसको प्रभावकारी काम नभएको देखिन्छ । केयर नेपालले १२ लाख र गोदावरी नगरपालिकाले ७ लाख लगानी गर्ने सम्झौता २०७८ फागुनमै भएको थियो । सोही अनुसार १५ हजार ६६६ परिवारको तथ्याङ्क संकलन गरिएको थियो ।

रातोमा भूमिहीन, सीमान्तकृत र कृषि मजदुर परिचय पत्र पाउने किसानको संख्या ४ हजार ७७, सेतोमा साना किसानको परिचय पत्र पाउने किसानको संख्या ७ हजार ९५०, पहेलोमा मझौला परिचय पत्र पाउने किसानको संख्या २ हजार २४४ र निलोमा ठूला किसानको परिचय पत्र पाउने किसानको संख्या १३३ रहेको छ । जसमा परिचयपत्र अनुसार रातो कार्ड भएका किसानहरुलाई १०० प्रतिशत, सेतो कार्ड भएका किसानलाई ७५ प्रतिशत, पहेँलो कार्ड भएका किसानहरुलाई ५० प्रतिशत र निलो कार्ड भएका किसानहरुलाई २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको छ ।

जस अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण भएको तथ्यकले देखाएको छ । उनले नगरपालिकाको वडा नं. ३ मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो २७५ जना, साना किसानलाई सेतो ७१३ जना, मझौला किसानलाई पहेलो २५० जना र ठूला किसानलाई निलो ९ जनाले पाएको छन् ।

वडा नं.७ मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो २०८ जना, साना किसानलाई सेतो ५२९ जना, मझौला किसानलाई पहेलो १५८ जना र ठूला किसानलाई निलो १२ जना छन् । वडा नंं.२ मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो २५७ जना, साना किसानलाई सेतो ४४२ जना, मझौला किसानलाई पहेलो २३४ जना र ठूला किसानलाई निलो १८ जना छन् । वडा नं.११ मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो ३६ जना, साना किसानलाई सेतो ६१४ जना, मझौला किसानलाई पहेलो १८२ जना र ठूला किसानलाई निलो १ जना छन् ।

वडा नं. १० मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो २९७ जना, साना किसानलाई सेतो ७९० जना, मझौला किसानलाई पहेलो १३७ जना र ठूला किसानलाई निलो ११ जना छन् । वडा नंं ९ मा भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो ४४७ जना, साना किसानलाई सेतो ६५७ जना, मझौला किसानलाई पहेलो १३६ जना र ठूला किसानलाई निलो ३ जना छन् ।

वडा नंं.८ मा भूमिहिन, सिमान्त, मजदुरकिसानलाई रातो ५०८ जना, साना किसानलाई सेतो ७२३ जना, मझौला किसानलाई पहेलो २८० जना र ठूला किसानलाई निलो ३ जना छन् । भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो २३३ जना, साना किसानलाई सेतो ८७८ जना, मझौला किसानलाई पहेलो १५८ जना र ठूला किसानलाई निलो ४ जना छन् । भने ४ वटा वडा १,४ र १२ मा रुजु भएको र वितरण भई रहेको कुषि शाखा प्रमुख नन्दि मल्लले बताउनु भयो ।

वडा नं.५ मा रुजु वितरण हुनु बाकी रहेको समेत उहाँको भनाई थियो । गोदावरी नगरपालिकाको उद्देश्य भने १५ हजार ६ सय ६६ जनाको तथ्याङ्क संकलन गरेर कार्ड वितरण गर्ने लक्ष्य थियो । भने हाल ९ हजार ९ सय ३९ जनालाई कार्ड वितरण रहेको छ । हाम्रो उद्देश्य भनेको राज्यले सेवा सुविधा दिदाँ हुने खाने किसानले मात्रै सेवा सुविधा पाउन थालेपछि हामीले सबै किसानलाई एउटै डालोमा हाल्नुभन्दा बर्गिकरण सहितको परिचय पत्र दिने अवधारणा अगाडी सारेको छ ।

उनले अब कार्डकै आधारमा कुन किसान के बर्गिकरणमा छ । यहाँबाट थाहा पाउन् सकिने उहाँको भनाई थियो । गोदावरी नगरपालिकाको कृषि शाखा मार्फत संचालन हुने उक्त कार्यक्रमका लागि नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिएको छ । कार्यविधि अनुसार काम सम्पन्न हुन्, भने सकेको छैन् ।

 

ताजा समाचार