गोदावरी नगरप्रमुख भट्टको कार्य शैली प्रति एमालेका जनप्रतिनिधिद्धारा असन्तुष्टि व्यक्त

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको कार्य शैली प्रती नगर-उपप्रमुख शारदा रोकाया सहितका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । उनिहरुले आज मंगलबार नगरपालिका प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि जाहेर गरेका हुन । नगरउपप्रमुख रोकायाले बहुमतको भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाइन् ।

उनले भनिन्-‘बहुमत उहाँहरु कै छ तर निर्णय प्रक्रिया पारदर्शी भएन । बैठकका एजेन्डा नै नल्याएर निर्णय गर्न थालेका छन् । यो लोकतन्त्र को मूल्य मान्यता बिपरित हो ।’ उनले कार्यपालिका को १०५ औँ बैठक झुक्याएर बिना एजेन्डा बोलाएको दाबी गरिन । ‘१०५ औँ बैठक नै भएको छैन ।

हाम्रा साथिहरुलाई सल्लाह गर्नुछ भनेर बोलाएका रहे छन् । पछि सामान्य बसाईलाई बैठक गरियो भनेर निर्णय गरे छन् । त्यही बैठकबाट नगरपालिका को शिलान्यास भैसकेको भबनलाई पुनः उदघाटन गर्ने निर्णय गरेछन् । यस्तो गर्न पाइन्न । नगरपालिकाले गर्नु पर्ने बिकासका अनेक कैयन कामहरु छन् । पुर्ब जनप्रतिनिधिले उदाघाटन गरेको भबन फेरि किन उदघाट्न गर्नु पर्यो?’

गोदावरी – ७ कि वडा अध्यक्ष कलाबती साउँदले पनि मेयरले आफुहरु को कार्यपालिका बैठकमा अपमान गरेको गुनासो गरिन। ‘१०६ औँ बैठक भनेर यो पटक एजेन्डा दिएर बैठक बोलाए तर हामिले यो बैठक १०५ औँ हुनुपर्ने माग गरेपछि बैठक बाट बहिर जान निर्देशन मेयर ले दिए ।

यो कहाँ को कानुन हो । १०५ औँ कार्यपालिका को बैठक नबसेर १०६ औं बैठक कसरी हुन्छ भन्ने हाम्रो माग हो ,’ साउंदले भनिन । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष शुद्दी चौधरीले पनि मेयर को कार्यशैली लोकतन्त्र बिरोधी रहेको बताए ।

उनले भने- ‘मेयरका स्वकीय सचिब मार्फत सामान्य छलफल छ भनेर बोलावट भएको तर त्यसलाई नै १०५ औँ बैठक भनेर निर्णय गरेको रहेछ । त्यसमा हाम्रो आपत्ती छ।’एमाले निकट जनप्रतिनिधिहरुले कार्यपालिका को १०६ औँ बैठक बहिष्कार समेत गरेका छन् ।

 

ताजा समाचार