राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसका भट्ट र बोहराको उम्मेदवारी दर्ता

धनगढी, राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ।गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका नारायणदत्त भट्ट र बलदेब बोहराले उम्मेदवारी दर्ता गराएका हुन्।

उनीहरूले सोमबार अपरान्ह धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला सभापति हुन्। उनी २०६२/६३ सालको जनआन्दोलनमा घाइते भएका थिए।

बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन्। यसअघि नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेकी छन्।

गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सिट दिने निर्णय गरेको थियो।

 

ताजा समाचार