सुदूरपश्चिमबाट माओवादीकी रेणु, एमालेबाट खरेल, जोशी र घिमिरे भिड्ने

धनगढी, धनगढीः राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ। यसका एमाले, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका हुन्।

गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेस ढिलो गरी मात्र उम्मेदवारको नाम टुंगो लगाएको छ। गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ। गठबन्धनको भागबन्डामा ६ सिट पाएको माओवादीले उम्मेदवार टुंग्याएको छ। आइतबार बसेको पदाधिकारी बैठकले सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सुदूरपश्चिमबाट उम्मेदवार बनाइएकी चन्द २०६४ मा बैतडी–२ बाट निर्वाचित भएकी थिइन्। हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इन्चार्ज छिन्। त्यस्तै नेपाली काँग्रेसले सुदूरपश्चिमबाट नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्। भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन्।

त्यस्तै नेकपा एमालेले सुदूरपश्चिमबाट सावित्रादेवी घिमिरे (महिला), ईश्वरीप्रसाद खरेल (अन्य), रामचन्द्र जोशी (अपांगता/अल्पसंख्यक) उम्मेदवारको नाम टुंग्याएको छ। त्यस्तै विश्वकर्मा (दलित) तर्फ सुदूरपश्चिमबाट रोमजंग स्वाँर  (अन्य) मा नाम टुंगो लगाइएको छ। माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ।

राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुने व्यवस्था छ। स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ।

जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, एमालेको मतभार एक हजार ४८०, माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, एकीकृत समाजवादीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राप्रपाको मतभार ५३ रहेको छ। सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुल मतभार चार हजार ४ सय ५७ रहेको छ।

 

ताजा समाचार