समाजसेवामा चाँदनीको निरन्तरता

अनिल पन्त , चादँनी ऐर पछिल्लो समय मानवीय सेवामा चिनिएको नाम हो । आर्थिक अभावमा उपचारमा छटपटिएका हुन्, या विभिन्न आपत विपत्मा परेका नागरिक । चाँदनीको नजर पुगेको हुन्छ, उनी सक्ने सहयोग गरिहाल्छिन् ।

बुवा हरि ऐर र आमा इन्नरी देवी ऐरको कोखबाट २०४९ भाद्र १ गते भीमदत्त नगरपालिका – २ उल्टाखाम कञ्चनपुरमा जन्मिएकी चाँदनी त्यहीँ हुर्किइन् र अध्ययन गरिन् । चाँदनी ऐरलाई समाजसेवामा आउनको लागि उनको बाल्यकालले प्रेरित गरेको थियो ।

चाँदनी यस्ती महिला हुन्, जो अरुको दुःख देख्न सक्दिनन् । त्यसैले त आफूलाई उनले समाजसेवामा तल्लिन राखेकी छिन् । रणनिति र घरायसी काममा मात्रै सीमित नरहेकी चाँदनी दीनदुखी र आपतविपत, अप्ठेरामा परेका बिरामीहरूको सेवाको लागि अहोरात्र खटिरहेकी छिन । ‘अरुले दुख पाएको, आपतविपतमा परेको, आर्थिक अभावले उपचारमा समस्या भएको समाचारहरू देख्दा निक्कै दुख लाग्छ, अनि सहयोग गर्न पाउँदा खुशी लाग्छ’, चाँदनीले भनिन्, ‘सेवा नै धर्म हो भन्ने उद्देश्यले सहयोगको अभियानमा लागिरहेको छु ।’

उनी ७ बर्सकी हुँदा बुबाको मृत्यु भयो । बुवा पछिको जिम्मेवारी दाइ भए पनि उनी परिवारको जिम्मेवारी लिन थालिन । सायद सानै उमेरबाट दुख भोगेर होला उनी हरेक दुख कष्ट सँग लड्दै सानैबाट लेखन तिर पनि लागिन । सानै उमेरमा चाँदनीले एउटा लेखकको परिचय बनाउन सफल समेत भएकी थिइन ।

लेखन विधा मात्रै नभएर कोरिएका शब्द पनि गुन गुनाउँदै गायन क्षेत्रमा पनि निकै सक्रिय रहेकी उनी सानै बाट अन्याय अत्याचार विरुद्ध कडा आवाज उठाउने मात्रै हैनन् लेख्थिन् पनि । सङ्घर्षबाट अगाडि बढेकी चाँदनी सानै उमेरमा वैवाहिक सम्बन्धमा बाँधिइन् । वैवाहिक पछि आफ्ना गरेका हरेक कार्यहरू छुट्न गए । कला गला, लेखन विधि भए नि केही वर्ष घरायसी काममा जीवन बित्न थाल्यो ।

उनको जीवनमा निकै उतार चढाव आए तर पनि उनीले कहिल्यै हरेस खाइनन् । कसैको बन्धक बनेर भन्दा आफू स्वतन्त्र भएर सेवा गर्छु केही गरेर मात्रै आफ्नो पहिचान बनाउन्छु भन्ने लक्ष्य बोकेकी ऐरले आफ्नो जीवन चलाउने टुंगो नहुदाँ पनि संघर्ष गरिरहिन् । उनले हरेक चेलीका हिंसा विरुद्ध आवाज उठाइन । भ्रष्टाचार विरुद्ध आवाज उठाइन ।

उनी सामाजिक सञ्जाल तिर सक्रिय हुँदै विभिन्न संघ संस्थामा आवद्ध हुँदै एउटा अभियन्ताको रूपमा काम गर्न थालिन । देश तथा विदेशमा रहेका नेपाली युवाहरूको ससानो सहयोग जुटाएर दुखी, गरिब, विपन्नहरुको घाउमा मलम बन्दै गइन ।

उनले लिपुलेक कालापानी एमसिसि विरुद्ध खरो आवाज उठाउँदै आन्दोलन सम्म नि गरिन । कोभिडको बेला मान्छेहरू घर बाट बाहिर निस्किदैन्थे तर उनी कञ्चनपुरका अनाथ आश्रम वृद्धा आश्रम र कोही भोकभोकै मर्नु नपरोस् भन्ने हेतुले सबै सँग अनुरोध गर्दै उनीहरूको भोको पेट भर्ने व्यवस्थापन गर्थिन् ।

यस्तो गर्दा गर्दै उनले सोचिन् अब अभियन्ता बनेर हैन जिम्मेवार व्यक्ति भएर संस्थाको संस्थापक बनेर काम गर्छु भन्ने हेतुले उनले ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल संस्था दर्ता गरेर काम गर्न थालिन । स्थानीय निकाय प्रदेश सरकार बाट कुनै योजना कार्यक्रमहरू बजेटिङ नगरिदिए पनि विदेशी सस्था र विदेशमा रहेका नेपाली दाजुभाइहरू मिलेर बनेको समाजबाट भए पनि थुप्रै सहयोग जुटाएर निरन्तर सेवा गरिरहिन् ।

उनले सानो बच्चा कहिले साथमै लगेर त कहिले घरमै अरुलाई हेरचाह गर्न राखेर सेवा तिर मात्रै हिडिरहिन । पछिल्लो सयम उनले असोज १७ गते बझाङमा गएको भुकम्पको बेलामा दुई चोटि बझाङ र एक चोटि बाजुरा पुगिन । बझाङको खप्तड छान्ना र मष्टामा राहत स्वरुप न्यानो बल्याङकेटहरु, डसनाहरु, त्रिपालहरू पनि १२५ भन्दा बढी परिवारलाई बितरण गरेकी थिइन ।

बाजुरा र बझाङको सीमाना नजिक पर्ने छेडेदह गाउपालिकाबाट गुनासो आउने बित्तिकै तुरुन्तै बाजुराको छेडेदह गाउँपालिकामा ३५ परिवारलाई न्यानो लुगा स्वरुप बल्याङकेटहरु र करिब २ सय जना बच्चाहरूलाई न्यानो लुगाहरू पनि बितरण गरेकी थिइन । सोही दैरान उनी ३ चोटि बझाङ बाजुरा पुगेपछि ४ चोटि जाजरकोट पनि पुगेकी थिइन ।

पहिलो चरणमा मृत्यु भएका घर परिवारलाई र दोस्रो चरणमा एकल महिला वृद्धा आमाबुबा, अनाथ बच्चा, तेस्रो चरणमा पूर्ण क्षति भएर घर ध्वस्त भएका परिवारलाई राहत स्वरुप जाजरकोट नलगाढका गाउँ बस्ती घर घरमा गएर ३१५ भन्दा बढी परिवारलाई न्यानो लुगा स्वरुप बल्याङकेटहरु, डसना, चाउचाउ चिउरा पनि बितरण गरेकी थिइन ।

नलगाढ मात्रै पुगेकी उनले जनगुनासो आएपछि कोहि नपुगेको बिकट ठाउँ जाजरकोट कै कुशे गाउपालिका ४ का ७० पीडित परिवारलाई राहत स्वरुप न्यानो बल्याङकेटहरु वितरण गरेकी थिइन भने फेरि कुशे गाउपालिका २ को जुम्लाको सिमानामा पर्ने अत्ति बिकट स्कुलका ४० जना बच्चाहरूलाई न्यानो लुगा स्वरुप ट्रयाक सुट र सुईटरहरु पनि बितरण गरेकी थिइन ।

यत्ती मात्रै हैन उनले डोटीको गैरा स्थित एक स्कुलमा ७६ जना अत्ति विपन्न गरिब, जेहनदार बच्चाहरूलाई ट्रयाक सुट, स्कुल ब्याग, स्टेसनरी सामाग्री पनि बितरण गरेकी थिइन । सोही लगत्तै समाजसेवी ऐरले डडेल्धुराको परशुराम नगरपालिकाको एक विद्यालयमा डडेल्धुरा अजयमेरु गाउँपालिकाको ४ वटा विद्यालय गरी ५ वटा विद्यालयमा १०० जना नानीबाबुहरूलाई स्कुल ब्याग, ट्राक सुट,टोपि, शैक्षिक सामाग्री बितरण गरेकी थिइन ।

उनले सुदूरपश्चिमेली नेपाली समाज साउदी, लालिगुराँस नेपाली रेस्टुरेन्ट साउदी , उल्सान नेपाली समाज, फुकुओका सोसाइटी दुख दुख कोष, सुदूरपश्चिमेली नेपाली सेवा समाज माल्टा, लगायत थुप्रै सहयोगी दाताहरूको सहयोगमा निरन्तर सेवा गरिरहेकी छिन् । बाटो घाटो एकदम दुर्गम भए पनि ज्यान जोखिममा राखेर नि प्रत्यक्ष पीडित कहाँ नै पुगेर सेवा गरिरहेकी छिन् । जहाँ सरकारको ध्यानाकर्षण छैन त्यस्तो बिकट ठाउँमा पनि पुगिन । जहाँ कोही पुग्न सक्दैनन् त्यहा समाजसेवी ऐर प्रत्यक्ष पुगिन ।

यसरी आफ्नो जीवन नै सेवामा समर्पित गरेकी चाँदनीले आफ्ना हरेक इच्छा आकाङ्क्षाहरूलाई नि नहेरेर खाउँखाउँ लाउलाउ भन्ने उमेरमा आफूलाई पूर्ण रूपले सेवामा समर्पित गरेकी छिन । उनी कहाँ हरेक समस्याहरू आउन्छ्न तर नि उनी आफै रात दिन नभनी भोक प्यास सम्म नि नभनी यसरी प्रत्यक्ष सेवामा खटिएकी छिन ।

समाजबाट हेपिएर अनेक हिंसामा परेर मृत्यु सम्म पुग्ने जोकोहीका लागि नि चाँदनी एक प्रेरणा बनेकी छिन । उनको जीवन कथा हेर्दा अरुलाई नि हौसला उर्जा साहस मिल्छ । समस्याको समाधान मृत्यु हैन चुनौती सँग सामना गरेर अगाडि बढ्नुपर्छ भन्ने उनको जीवनबाट सिक्न सकिन्छ ।

 

ताजा समाचार